आज नेप्सेमा झिनो अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक आज ०.२८ अंकले घटेर ३८४.०८ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर किनबेच भएको छ । यसदिन दुई अर्ब ५२ करोड ५० लाखमाथिको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये ८ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ५ वटा समूहको सेयर मूल्य घटेको छ । यसदिन १४६ कम्पनीको सेयर मूल्य बढेको छ, भने ६२ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा विजय लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् । जसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढिले बढेको छ ।
आज सिटिजन म्युचुअल फण्ड–१ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यसको आज १० करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।






