एभरेष्ट बैंकले ललितपुर महानगरपालिका-३ को टौखेलमा सोलार बस स्ट्यान्डको उद्घाटन गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले साे बस स्ट्यान्डको निर्माण गरेको जनाएको छ।
बैंकले एक कार्यक्रमकाबीच संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिका–३ को टौखेलमा सो वडासँगको संयुक्त साझेदारीमा निर्मित सोलार बस स्टयान्डको उद्घाटन गरेको छ। उक्त सोलार बस स्टयान्डको उद्घाटन ललितपुर महानगरपालिका–३ का वडा अध्यक्ष सानुराज घिमिरे र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा गरेका हुन् ।
कार्यक्रममा बैंकका नायब महाप्रबन्धक गौरव कुमारका साथै बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकका टौखेल शाखाका शाखा प्रबन्धक प्रितम कमचार्यलगायत अन्य विशिष्ट व्याक्तिहरुको उपस्थिति थियो।
उक्त उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले नवनिर्मित सोलार बस स्टयान्डले ललितपुर महानगरपालिका–३ टौखलका स्थानीय बासन्दालाई थप सहज हुनुका साथै टौखेल क्षेत्रलाई स्मार्ट सिटीको रूपमा विकसित गर्न उक्त बस स्टयान्डले थप मद्दत गर्ने कुराको विश्वास व्यक्त गरेका थिए।
हालसम्म बैंकका करिब १३ लाखभन्दा बढी ग्राहकहरु छन् । १ सय २४ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ सय ६० एटिएम र राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्र रहेको बैंकले जनाएको छ ।






