युनाइटेड सिमेन्टले चुनढुंगाको पैसा नतिर्दा सञ्चालकलाई दुई वर्ष जेल

गुणस्तरहिन सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको यूनाइटेड सिमेन्टले राज्यलाई तिर्नुपर्ने रकम समेत नतिरेको पुष्टी भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमतिभन्दा धेरै चुनढुंगा प्रयोग गरेको तर त्यसबापत राज्यलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै यूनाइटेड सिमेन्टलाई नौ करोड ६९ लाख बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यूनाइटेड सिमेन्टले खानी विभागले अनुमति दिएको भन्दा नौ करोड ६९ लाख चालिस हजार पाँच रुपैयाँ नोक्सनी पुर्याएको भन्दै अख्तियारले सो बराबरको बिगो दावी गर्दै यूनाइटेड सिमेन्ट उद्योगका सञ्चालक नरेश दुगड विरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले दायर गरेको मुद्धामा उद्योगका सञ्चालक नरेश दुगड लाई दुई बर्षसम्म कैद र नौ करोड ६९ लाख चालिस हजार पाँच रुपैयाँ बिगो दावी गरिएको छ।

यूनाइटेड सिमेन्टलाई गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै गत मंसिर १ गते नेपाल गुणस्तर तथा नापतौल विभागले तत्काल बिक्री वितरणमा रोक लगाउँदै कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।

विभागले ओपिसी ५३ ग्रेडको सिमेन्ट बिक्री वितरण रोक्न र बजारबाट सबै सिमेन्ट फिर्ता ल्याउन निर्देशन दिएको थियो तर, यूनाइटेड सिमेन्टले विभागको निर्देशन लत्याउँदै धमाधम सिमेन्ट बिक्री गरेको थियो ।

जिन्दगीभर पसिना बगाएर बनाएका व्यक्तिका निजी घर र भवन मात्र होइन ठूला परियोजनामा पनि यो सिमेन्ट प्रयोग भएको कारण धेरै परियोजना जोखिममा परेको कारण यसलाई सामान्य कारबाहीले नहुने भन्दै विभागका अधिकारीहरुले हदैसम्मको कारबाही गर्न सिफारिस गरेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *