संस्थागत मुद्दती निक्षेप ६ महिनाभन्दा कम अवधिको लागि राख्न नपाइने

बैंक तथा वित्तीय संस्थाहरुले ६ महिना भन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न नपाउने भएका छन् । आज राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

नया व्यवस्था अनुसार ३ महिना भन्दा कम समयावधिको व्यतिगत मुद्दती निक्षेप तथा ६ महिना भन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न पाइदैन। त्यसैगरी मुद्दती निक्षेपको समयावधि समाप्त नहुदै पूर्वनिर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको खन्डमा झिक्न पाउने गरी मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन ।

राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको हकमा ६ महिना व्यतित हुनु अगावै कुनै पनि रकम भुक्तानी वा फिर्ता गर्न नपाइने ब्यबस्था गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *