मेगा क्यापिटल मार्केट्सले संस्थापक सेयरहरु खरिद तथा बिक्रीका लागि सहजीकरण सेवाको सुरुवात गरेको छ ।
क्यापिटलले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा, लघुवित्त, जलविद्युत, तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिद(बिक्रीका लागि सहजीकरण सेवाको सुरुवात गरेको हो ।
धेरै लगानीकर्ताहरुले प्रमोटर सेयर, साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असहजताले शेयर सम्पत्ति बन्धक भएको र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेको विषयलाई मध्यनजर गर्दै क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको जनाएको छ ।
यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्समा फोन वा इमेल वा मार्केट्सको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्ने क्यापिटलले जनाएको छ ।
Artha Sanjal






