बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिएका कार्की पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार रहेका बिष्णु बहादुर कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

बाजुरा बुढीनन्दा नगरपालिका १ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका ७ बस्ने बर्ष ४४ का कार्कीलाइ उच्च अदालत पाटनको गत माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २७ लाख रुपैयाँ जरिवाना, जिल्ला अदालत काठमाडौंको २०६० पुस १० गतेको फैसलाले बैदेशिक रोजगार मुद्दामा ३ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना, बैकिङ कसूर मुद्दामा १ वर्ष कैद र १ लाख ६९ हजार रुपैयाँ जरिवाना र बैंकिङ कसूर मुद्दामा १ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

उक्त फैसलापछि फरार रहेका कार्कीलाइ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा उनले विभिन्न प्रलोभन देखाउदै ठगि गर्ने गरेको समेत खुलेको छ ।

हाल कार्कीलाइ थप कारवाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *