रिलायन्स लाइफ र सन्चो हस्पिटलबीच मेडिकल इन्स्योरेन्सका लागि सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र हेटौँडास्थित सन्चो हस्पिटलबीच मेडिकल इन्स्योरेन्सका लागि सम्झौता भएको छ।

उक्त सम्झौतापश्चात रिलायन्स लाइफका ग्राहक तथा बीमितले सेन्चो हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, ईसीजी, इकोलगायतका सेवामा विशेष छुट पाउनेछन्।

सम्झौता कार्यक्रममा अंडरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सूर्य गिरीलगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति थियो।

रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अंडरराइटिङका लागि स्थानीय स्वास्थ संस्थाहरुसँग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिँदै गइरहेको छ।

रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा विस्तार गरी जीवन बीमा क्षेत्रमा उल्लेख्य सेवा प्रदान गर्दै आइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *