नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज नेप्से दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । आज नेप्सेले नेरुडे लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार नेरुडे लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनस सेयरपछिको सेयरमूल्य ८२७.८७ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार १०१० रुपैयाँमा भएको थियो ।

नेप्सेले शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस सेयरपछिको सेयरमूल्य ८०८.६२ रुपौयँमा समायोजन गरेको छ । कम्पनीको अन्तिम कारोबार ९३८ रुपैयाँमा भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *