लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले २ अर्ब ३४ करोड ६८ लाख बराबरको हकप्रद सेयर बिक्रीको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद सेयरको बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
एलआईसीले १:०.८८४५१६८ को अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रति सेयर एक सय रुपैयाँ दरको २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।
एलआईसीको कार्यालय पुतलीसडक, काठमाडौंमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।






