नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४१.०१ अंकले घटेर २१२७.५२ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.३३ अंकले घटेर ४०२.९८ बिन्दुमा पुगेको छ ।
त्यस्तै, सेयर बजारमा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १३ वटै उपसमूहको सेयर मूल्यमा राताम्य धएका छन् । आज कारोबार भएका कम्पनीमध्ये ९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २०४ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको सेयरमूल्य उच्च अंकले बढेको छ । जसमा लुम्बिनी जनरल इन्स्यारेन्स र आदर्श लघुवित्त वित्तीय संस्था रहेका छन् ।
आज युनाइटेड इदी मोर्दी हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा उच्च गिरावट भएको छ । यसको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी सूर्यज्योति लाइफ इन्स्यारेन्स लिमिटेडको भएको छ । यसको आज १७ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ ।






