फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमाससम्म आईपुग्दा संस्थाको अधिकांश सूचकमा चमक देखिएको छ ।
सो अवधिसम्म संस्थाको खुद नाफा ३८.५३ प्रतिशतले बढेर १४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
संस्थाको खुद ब्याज आम्दानी पनि २६.४६ प्रतिशतले बढेर २३ करोड ५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको यस्तो नाफा १८ करोड २३ लाख रुपैयाँमा सीमित थियो ।
संस्थाको सञ्चालन मुनाफा पनि ३८.६८ प्रतिशतले बढेर १४ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ५२ पैसा बढेर २५ रुपैयाँ १८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेको छ।
हाल संस्थाको चुक्ता पूँजी एक अर्ब १४ करोड ७७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३८ करोड १८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, लघुवित्तको सापटी ७.६७ प्रतिशत घटेको छ भने कर्जा २.८९ प्रतिशत घटेको छ।






