रिडी पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७८–७९ को ४० प्रतिशत बोनस सेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १:०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

जसअनुसार कम्पनीले बोनस सेयर वितरणपश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ताको ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

कम्पनीले प्रस्तावित हकप्रद निष्काशनका लागि विद्युत नियमन आयोगमा स्वीकृत माग्नेछ। त्यहाँबाट अनुमति पाएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी नेपाल धितोपत्र बोर्डमा निष्काशन अनुमति माग्दै निवेदन दिइने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *