युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने अन्तिम सम्झौता

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर जाने अन्तिम सम्झौता भएको छ । यी तीन कम्पनीबीच आइतबार आपसमा मर्जर जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पीयूषराज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन्। नै कम्पनी बराबर हैसियत अर्थात् १:१:१ सेयर रेसियोमा मर्जरमा जान लागेका हुन् ।

मर्जर सम्झौताअनुसार नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ भने युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल नयाँ बन्ने कम्पनीको अध्यक्ष हुनेछन् । युनियन लाइफको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्ण मर्जरपश्चात बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहनेछन्।

संझौताअनुसार मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु सम्पन्न गरी २०७९ चैतभित्र एकीकृत कारोबार गर्ने समयावधि निर्धारण गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *