दुर्घटनाग्रस्त विमानबाट निकालेर अस्पताल पुर्‍याइएका ३६ जना मृत घोषणा

पोखराको सेती नदीको खोँचमा आइतबार बिहान दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानबाट उद्धार गरेर अस्पताल पु¥याइएका ३६ जना मृत घोषणा भएका छन् । दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको मृत्यु भएको चिकित्सकले मृत घोषणा गरेका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डां नारायण श्रेष्ठले हालसम्म ३६ जनालाई अस्पताल ल्याइपुर्याइएको र सबै जनाको मृत्यु भएको जानकारी दिए । विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *