डिजिटल बैंकिङमा सिटिजन्स बैंकको थप सुविधा

‘हजुरको प्रगतिको सहयात्री’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्र्दै आइरहेको छ।

बैंकले ग्राहकको अनुभव अभिवृद्धि गर्न र भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न, सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ। जहाँ ग्राहकले विभिन्न मुद्दति निक्षेप योजना, अवधि र इच्छित रकम चयन गर्न सक्नेछन्। फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा रु. १० हजार र अधिकतम रकम रु. ५० लाखमा सेट गरिएको छ।

त्यसैगरी सिटिजन्स स्मार्ट एपबाट मुद्दति निक्षेप अनुरोध सुविधा पनि ल्याइएको छ। जसमा मुद्दति निक्षेप खाता भएका ग्राहकहरुले मुद्दति निक्षेप रकमको ९० प्रतिशतसम्म मुद्दति निक्षेप खातामा ऋणका लागि अनुरोध गर्न सक्नेछन्।

यसबाहेक शाखामा आउने ग्राहकको अमूल्य समयलाई कम गर्न बैंकको कर्पोरेट कार्यालयमा रहेको कियोस्क सेल्फ(सर्भिस प्रणालीबाट मुद्दति निक्षेप खोल्ने सुविधा पनि ल्याइएको छ।

यसका साथै सिटिजन्स बैंकले सिटिजन्स स्मार्ट एपमार्फत बैंकका सबै शाखाबाट डिजिटल काउन्टर (क्यूआर कोड स्क्यान)मार्फत नगद झिक्ने, बैंकका सबै एटीएमबाट कार्डलेस सर्भिस, ई–नगद र ई–भाउचरजस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ।

त्यस्तै डेबिट कार्ड रिक्वेस्ट, ब्लक, रिफ्रेस पिन, रि–पिन, मेरो सेयर रिक्वेस्ट र क्यूआर मर्चेन्ट रिक्वेस्टजस्ता ग्राहक सेवासँग सम्बन्धित सेवा पनि उपलब्ध गराउँदै आएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १३३ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिव १५ लाख २१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *