घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

घलेम्दी हाइड्रो लिमिटेडले चुक्तापुँजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले १:२ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

हकप्रद निष्काशनको प्रस्ताव अनुमतिका लागि तोकेबमोजिमका कागजपत्रहरुका साथ विद्युत नियमन आयोगसमक्ष दरखास्त निवेदन दिने निर्णय पनि कम्पनीले गरेको छ।

आयोगबाट अनुमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारणसबाट अनुमोदन गराउने र हकप्रद जारी प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजना (६३ मे.वा.)मा कम्पनीको कम्तीमा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गर्न उक्त हकप्रसद निष्काशन गर्ने प्रस्ताव कम्पनीले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *