हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आज बिहान ८:३० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हालको चुक्तापुँजीबाट ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।
Artha Sanjal






