गरिमा विकास बैंकले सञ्चालनमा ल्यायो ‘फरेन इम्प्लोइमेन्ट आईपीओ अकाउन्ट’

गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई बैंकिङ एवं सेयर मार्केटसम्म पहुँच पुर्याउने उद्देश्यले फरेन इम्प्लोइमेन्ट आईपीओ अकाउन्टको सुरुआत गरेको छ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक सेयर निष्कासन ९आईपिओ० जारी गर्ने संस्थाले १०५ सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याउनुपर्ने व्यवस्थाअनुसार त्यसलाई आवश्यक पर्ने सी–आस्बा सुविधा दिनका लागि बैंकले विशेषतः यो खाता सञ्चालनमा ल्याएको हो। वैदेशिक रोजगारमा रहेका नेपालीहरुले सजिलै बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सी–आस्बा र मेरो सेयरको सुविधा प्राप्त गर्न सक्नेछन्।

यसका साथै बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाइएको छ।

हाल बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटीएम एवं विभिन्न डिजिटल बैंकिङ सुविधाहरु जस्तै– डिजी बटुवा, डेबिट तथा क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ र अनलाइन खातामार्फत सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *