हिमालयन पावर पार्टनरले लगानीकर्तालाई लाभांश नदिने

हिमालयन पावर पार्टनर लिमिटेडले १० औँ वार्षिक साधारणसभा आह्वान छ । कम्पनी सञ्चालक समितिको आइतबार (पुस ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ। कम्पनीले सेयरधनीहरुलाई लाभांश भने वितरण नगर्ने निर्णय पनि गरेको छ।

सभाले कम्पनीको सामाजिक उत्तदायित्वअन्तर्गत गरेको आर्थिक सहयोग रकम २ लाख १८ हजार ६०० रुपैयाँलाई अनुमोदन गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैलेअघिल्लो दिनसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *