फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
Artha Sanjal






