राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने सर्वसम्मत चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको सो पार्टीका नेता कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । आजै बस्ने संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट गरेर २० सिट जितेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *