बैंकिङ प्रणालीमा तरलता व्यवस्थान गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब तरलता पठाउने भएको छ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि मंसिर २९ गते २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो पुस १४ गते परिपक्व हुने यो रिपो भोलि दिउँसो २ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।







