एनएमबि बैंकको साढे ४४ हजार कित्ता सेयर बिक्रीमा

एनएमबि बैंक लिमिटेडको साढे ४४ हजार कित्ता बढी सेयर आजबाट बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ४४ हजार ७६१ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ। खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।  बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिनेपर्नेछ।

यो लिलामी सेयरमा आउँदो पुस ४ गते दिउँसो २ बजेसम्म बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *