तनहुँमा कांग्रेसका पौडेल र भण्डारीको अग्रता

प्रतिनिधि सभातर्फ तनहुँको दुवै क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ। जिल्लाको क्षेत्र नं १ मा कांग्रेसका रामचन्द्र पौडेलले सुरुवातदेखि नै अग्रता बनाएका हुन् ।

कुल ६६ हजार ९४० खसेको मध्ये ५,०४० मत गणना गर्दा पौडेलले १,८८६ मत प्राप्त गरेका छन्।

प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १,५३० मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ५५९ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले २२४ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा ६६ हजार ९६५ मत खसेको छ।

त्यस्तै, तनहुँ क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसका शंकर भण्डारीले सुरुदेखि नै अग्रता कायम गरेका छन्। हालसम्म ३३ हजार ५२५ मत गणना हुदाँ भण्डारीले १५ हजार २७७ मत प्राप्त गरेका छन्।

प्रतिष्पर्धी एमालेका किरण गुरुङले १२ हजार ५८९ प्राप्त गरी पछ्याइरहेका छन् । गुरुङले मतान्तर घटाउँदै लगेका छन् । यस क्षेत्रमा ६८ हजार १७३ मत खसेको छ। जिल्लाको दवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तेस्रो स्थानमा रहका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *