विद्युत बिक्रीको आम्दानी बढ्दा बुटवल पावरको नाफामा वृद्धि, अन्य सूचक कस्ता ?

बुटवल पावर कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १३.२९ प्रतिशतले बढेर ८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ३.२६ प्रतिशतले बढेर २१ करोड ४४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले २० करोड ७६ लाख रुपैयाँबराबरको विद्युत बिक्रीबापत आम्दानी गरेको थियो।

चुक्तापुँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २.६५ रुपैयाँ पुगेको छ । गत वर्ष ईपीएस २.५७ रुपैयाँ रहेको थियो । पीई रेसियो ११०.९४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २१७.२९ रुपैयाँ रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *