राइनास नगरपालिकामा सिटिजन्स बैंकको विस्तारित काउन्टर सेवा सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउन्टर लमजुङको राइनास नगरपालिका–४ सातबिसे बजारमा आज कात्तिक २७ गतेदेखि सञ्चालनमा ल्याएको छ। यो विस्तारित काउन्ट भोटेवडार शाखाको मातहतमा रहने गरी सञ्चालनमा ल्याइएको छ।

यसअघि नै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउन्टर सेवा सञ्चालनमा ल्याइसकेको छ।

सुविधा सम्पन्न यस विस्तारित काउन्टरमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, रेमिट्यान्ससम्बन्धीको सेवाहरुलगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउन्टर, १३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १५ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *