१३.८५ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १३ अर्ब ८५ करोड रुपैयाँ बढीको ट्रेजरी बिल जारी गर्ने भएको छ । उक्त ट्रेजरी बिलको आज (कात्तिक २८ गते) बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले कात्तिक २९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि २ अर्ब रुपैयाँ र १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः मंसिर २७, फागुन २ गते र २०८० जेठ २ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको भोलि दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *