मुक्तिनाथ कृषि कम्पनीले आज (कात्तिक २५ गते)बाट १:०.५५ अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ५५.५५ प्रतिशत अर्थात् १०० अंकित दरका कुल २० लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो।
उक्त गत असोज २८ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारणसभाबाट पारित भएको थियो ।
हकप्रद सेयर खरिद गर्न कम्पनीले सेयरधनीहरुलाई कम्पनीको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ। हकप्रद सेयर आउँदो मंसिर २९ गतेसम्म बिक्री खुला रहने पनि कम्पनीले जनाएको छ।
कम्पनीको हाल ३६ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ। हकप्रद बिक्रीपछि चुक्तापुँजी ५६ करोड रुपैयाँ पुग्नेछ।







