मिथिला लघुवित्तको खुद नाफामा भारी गिरावट, ७९ प्रतिशतले घट्यो

मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडको नाफामा भारी गिरावट आएको छ । संस्थानले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तिय विवरणले नाफा ह्वात्तै घटेको देखाएको हो ।

विवरण अनुसार कम्पनीले प्रथम त्रैमासमा रु. ४२.६३ लाख खुद नाफा आर्जन गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ७८.५९ प्रतिशतले कमी रहेको छ । खुद नाफा घटेसँगै प्रति शेयर आम्दानी पनि रु ५८.४१ बाट घटेर रु १०.०१ कायम हुन आएको छ ।

व्याज आम्दानीमा २२.८३ प्रतिशतको वृद्धि आएपनि खुद व्याज आम्दानीमा ३०.६४ प्रतिशतको गिरावट तथा संचालन नाफा पनि ७७.२५ प्रतिशतले घटेकोले खुद नाफामा गिरावट आएको हो ।

रु. १७.०४ करोड चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा तथा कोष ७.२१ प्रतिशतले वृद्धि भएर रु. १६.०८ करोड पुगेको छ । हाल जगेडा तथा कोष र चुक्ता पुँजीको अनुपात ९४.३७ प्रतिशत रहेको छ । यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु. ३३.१२ करोड कायम भएको छ भने प्रति शेयर किताबी मुल्य रु. १९४.३७ कायम हुन आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *