सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म आइपुग्दा संस्थाको अधिकांश सूचकमा गिरावट देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद नाफा ६७.६८ प्रतिशतले घटेर ४ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाको यस्तो नाफा १३ लाख ७७ हजार रुपैयाँ रहेको थियो । संस्थाको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी २१.०७ प्रतिशतले घटेर १ करोड ३५ लाख ७१ हजार रुपैयाँमा खुम्चिएको छ । १ करोड ७१ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा संस्थाको सञ्चालन नाफा पनि ६७.६९ प्रतिशतले घटेर ७ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा २१ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ २७ पैसाले घटेर २ रुपैयाँ ०८ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ २४ पैसा छ । संस्थाको निष्क्रिय कर्जा ४.६६ प्रतिशत छ ।
हाल संस्थाको चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड १६ लाख रुपैयाँ जम्मा भएको छ ।







