आइतबार नेष्डो समृद्ध लघुवित्तसहित यी १० कम्पनीको सर्वाधिक कारोबार

साताको पहिलो कारोबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आइतबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँको कारोबार भएको छ।

कुल १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ । आज फाइनान्स, लघुवित्त र अन्य समूहमा लगानीकर्ता आकर्षित भएका छन् ।

आइतबार कारोबार रकमको आधारमा भने नेष्डो समृद्ध लघुवित्त अब्बल देखिएको छ । कम्पनीले १० करोड १४ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

त्यसैगरी, सर्वाधिक एभरेष्ट बैंकले ७ करोड ९ लाख एक हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ६ करोड ७५ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आज मात्र बम्पर लाभांश घोषण गरेको जाल्पा सामुदायिक लघुवित्तको ५ करोड ६६ लाखभन्दा बढीको कारोबार गरेको छ ।

त्यसैगरी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, मेरो माइक्रोफाइनान्सको प्रोमोटर सेयर, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी र फरवार्ड माइक्रोफाइनान्सको पनि सर्वाधिक कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *