बैंकिङ प्रणालीमा निक्षेप ४ अर्बले बढ्दा कर्जा लगानी १२ अर्बले घट्यो

दसैँपछि बैंकिङ प्रणालीमा निक्षेप थपिएको छ भने कर्जा लगानी घटेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४ अर्ब रुपैयाँले बढेको छ। गत असोज १३ गतेसम्म बैंक तथा वित्तीयको कुल निक्षेप ५१ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ। गत असोज २३ गतेसम्म भने कुल निक्षेप बढेर ५१ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप भने १ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत असोज १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा असोज २३ गतेसम्म बढेर ४५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।

यही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १२ अर्ब रुपैयाँले घटेको छ। गत असोज १३ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ३८ अर्ब रुपैयाँ रहेकोमा असोज २३ गतेसम्म घटेर ४७ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ।

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि असोज २३ गतेसम्म घटेर ४१ खर्ब ८६ अर्ब रुपैयाँमा झरेको छ। गत असोज १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो।

निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियो असोज २३ गतेसम्म घटेर ८७.०५ प्रतिशतमा झरेको छ। गत असोज १३ गतेसम्म औसत सीडी रेसियो ८७.२९ प्रतिशत थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *