नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन् ।
पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उनले बताएका छन् । नेकपा एमाले केपी ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको भुसालको निश्कर्ष छ।
भुसालले भनेका छन्, ‘अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले- केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ।’
भूसालले सामाजिक सन्जालमा एक स्टाटस लेख्दै पार्टी छाडेकाे घाेषणा गरेका हुन् ।

![]()
Artha Sanjal






