नेकपा एमाले फुट्नसक्ने

नेकपा एमाले फुट्नसक्ने भएको छ । एमालेभित्रको डा. भीम रावल सहितका १० भाइ लगाएतका केहि नेता तथा समूहले टिकट नपाएको असन्तुष्ट समूह पार्टीबाट अलग हुने तयारीमा लागेपछि फुटको सम्भावना बढेको हो ।

आज मात्रै नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले एमाले छाडिसकेका छन् । रावल र भुसालले आगामी कदमबारे टेलिफोनमार्फत् छलफल गरेको बुझिएको छ ।

एमालेभित्र टिकट नपाएका असन्तुष्ट समूहलाई समेत समेटेर रावलले आगामी कदम चाल्ने सक्ने बुझिएको छ । साथै उनी सत्ता गठबन्धनसँग मिलेर जाने वा स्वतन्त्र तरिकाले जानेबारे टुंगो लाग्न बाँकी रहेको विश्वस्त स्रोतले बतायो । तर, रावल एमालेभित्रै रहने सम्भावना भने लगभग सकिइसकेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *