विदेशी मुद्राको नेपाली विनिमय दर सार्वजनिक,डलर आजसम्मकै उच्च

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली विनिमय दर तोकेको छ । आजको लागि तोकिएको विनिमय दर अनुसार अमेरिकी डलर आज पहिलो पटक सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।

डलर एकको नेपाली खरिद दर १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा पुगेको छ ।  भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

युरो एकको नेपाली मूल्य १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा, पाउण्ड स्ट्रलिङ एकको नेपाली खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४७ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयांक एकको १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८५ रुपैयाँ ६७ पैसा र बिक्री दर ८६ रुपैयाँ ०७ पैसा रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *