एभरेष्ट बैंकको ७ प्रतिशत लाभांश दरको अग्राधिकार शेयरको सूचीकरण खारेज

 एभरेष्ट बैंकले जारी गरेको ७ प्रतिशत लाभांश दरको २० लाख कित्ता अग्राधिकार शेयर सर्वसाधारण शेयरमा परिणत हुने भएको छ । बैंकले जारी गरेको उक्त अग्राधिकार शेयर असोज १३ गतेदेखि सर्वसाधारणमा शेयरमा परिणत हुने भएको हो ।

उक्त शेयर सर्वसाधारणमा परिणत हुने भएसँगै नेप्सेले अग्राधिकार शेयरको सूचीकरण खारेज गरेको छ । बैंकको अनुरोधमा नेप्सेले असोज ६ गतेसम्मको अन्तिम कारोबार कायम गरि सूचीकरण खारेज गरेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *