स्वरोजगार यातायात मजदूर संगठनले सार्वजनिक सवारी साधनमा २० वर्षे अधिकतम आयु तोक्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट भएका नीतिगत काम र निर्णयहरूबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।
सवारी साधनमा सरकारले लिएको २० वर्षे नीतिका कारण अहिले सञ्चालनमा रहेका ८ हजारभन्दा बढी सवारी थन्किनुपर्ने अवस्थामा आएको संगठनको ठहर छ । यसबाट १० हजार स्वरोजगार मजदूरले रोजगारी गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
विश्वव्यापी आर्थिक संकटसँगै अहिले नेपालको विदेशी मुद्रा सञ्चिति घट्दै गएको अवस्थामा यस्ता सवारी साधनलाई सञ्चालन गरेर सञ्चिति जोगाउनुपर्ने अवस्थामा ट्राफिक प्रहरीले धमाधम सडकमा गुडिरहेका सवारी साधन समाएर अनावश्यक दुःख दिने काम गरेको भन्दै यसबारे पुनर्विचार गर्न आग्रह गरेको हो ।
Artha Sanjal






