समृद्धि फाइनान्सको नयाँ शाखा जनकपुरमा सञ्चालन

समृद्धि फाइनान्सले आफ्नो आठौं शाखा जनकपुरमा विस्तार गरेको छ । बुधबार एक औपचारीक कार्यक्रम गरी उक्त शाखा कार्यालयको उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्रि राम सरोज यादवले जनकपुर शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, जनकपुर उ.वा. संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेल सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत सुरज कुमार सर्राफले समृद्धि फाईनान्सको ८ वटै शाखा कार्यालयहरु बाट औपचारीक रुपमा कारोबार संचालन भएको जानकारी दिए । उनका अनुसार समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *