हत्या आरोपी बागमतीका मेयर थापाद्वारा पत्रकारमाथि सांघातिक आक्रमण

सर्लाहीको बागमती नगरपालिकामा अनलाइनपानाका दुई पत्रकारमाथि आक्रमण भएको छ । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको ज्यादतीका विरुद्धमा रिटर्पोटिङका क्रममा त्यहाँ पुगेका अनलाइनपानाका प्रधान सम्पादक नारायण प्रसाद अधिकारी र सम्वाददाता शालिक भट्टमाथि मेयर भरतकुमार थापाका सहोदर भाइसहितको टिमले सांघातिक आक्रमण गरेको हो ।

सत्ता र शक्तिका आडमा  मेयर थापाले बनाएको आफ्नै नाम अंकित तालका कारण त्यहाँका स्थानीय नागरिक सुकुम्बासी बनेको विषयमा भरत तालका कारण सुकुम्वासीको घरमा बाढी, सर्लाहीको बागमतीमा बनेको भरतताल कानूनविपरित, बागमतीका मेयर थापासहित १५ जना विरुद्ध हत्याको आरोप, कहाँ पुग्यो अनुसन्धान ? र बागमती नगरको अवैध धन्दा : सागरनाथ वनको जग्गामा मेयरको रजाइँ भन्ने शिर्षकमा अनलाइनपानाले लगातार  समाचार सम्प्रेषण गरेको थियो ।

मेयर थापाले अन्तर्वार्तामार्फत आफुले थप कुरा प्रष्ट पार्ने भन्दै मेयर थापाकै भाइ रामकुमार थापामार्फत नगरपालिका कार्यालयमै बोलाएपछि अनलाइनपानाकर्मीद्वय अधिकारी र भट्ट त्यहाँ पुगेका थिए । आफ्ना सहकर्मी सर्लाहीका कुमार पौडेलेको हत्याका आरोपित समेत रहेका मेयर थापाकै निर्देशनमा सुनियोजित तरिकाले उनीहरुमाथि आक्रमण भएको छ ।यसअघि पनि मेयर थापाका भाइ राम कुमार थापाले पत्रकारद्वय र हिमाल पोस्टका सम्पादक मोती खानाललाईसमेत ज्यान मार्ने धम्की दिएका थिए ।

शक्तिका आडमा प्रचलित कानुनको समेत धज्जी उडाएका मेयर थापा विरुद्ध हत्याको आरोपसहित किटानी जाहेरी परेको झण्डै एक वर्ष पुग्न लाग्दा पनि दोषी खुलेयाम हिँडिरहेका छन् ।

यस बिषयमा गृह मन्त्रालयका उच्च अधिकारीहरु समेत यो राजनीतिक विषय र अनुसन्धानमा भइरहेको विषय भएकाले कसैले पनि ठ्याक्कै यही हो भनेर बोल्न नमिल्ने अवस्था रहेको भन्दै पन्छिने गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *