सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको  मूल्य  तोलामा ५०० रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला  ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको  मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको  मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *