प्रभु बैंक र बरेवा दरबार होटेलबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र कलैयास्थित बरेवा दरबार होटेल एन्ड ब्यांक्वेट प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट कलैंया शाखा कार्यालय प्रमुख मुकेशप्रसाद गुप्ता र बरेवा दरबार होटेलका तर्फबाट अध्यक्ष किरण विक्रम शाहले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले बरेवा दरबार होटेलद्वारा सञ्चालित लजिङ सेवामा र फुड (रु. २ हजार माथिको अर्डर) सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

उतm सम्झौताअन्तर्गत बरेवा दरबार होटेलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेमा बैंकको विश्वास छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *