बेष्ट फाइनान्सको १७ औँ शाखा वीरगन्ज

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १७ औँ शाखा सञ्चालनमा ल्याएको छ।

मधेश प्रदेशको पहिलो शाखाको रुपमा वीरगन्जको घन्टाघर लिंकरोडमा फाइनान्सले १७ औं शाखा सञ्चालनमा ल्याएको हो। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन्।

शाखा उद्घाटन कार्यक्रममा वीरगन्जका प्रतिष्ठित ब्यापारी, व्यवसायी, उद्योगीलगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थितिमा थियो।

यही आसोजभित्र १८ औँ शाखाको रुपमा सुनसरी जिल्लाको इटहरीमा शाखा खोलिनुका साथै निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा सञ्जाल विस्तार गरी देशको सातै प्रदेशमा आफ्नो शाखा सञ्जाल पुर्याउने फाइनान्सले जनाएको छ। यसका साथै आउँदा दिनमा देशका विभिन्न स्थानहरुमा आवश्यकता र मागबमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *