सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो: चाँदीको मूल्यमा पनि गिरावट

आज पनि सुन चाँदीको मूल्यमा  गिरावट आएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।  प्रतितोला सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो  सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । हिजो  मंगलवार पनि प्रतितोला सुन  ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *