आज पनि सुन चाँदीको मूल्यमा गिरावट आएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । प्रतितोला सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । हिजो मंगलवार पनि प्रतितोला सुन ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो ।
Artha Sanjal






