नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा

नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि ६२ हजार पाँच सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्नेछ ।

यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम म्याद २७ असोजसम्म तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *