आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँ कायम भएको छ।
बिहीबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। हिजाे बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो।







