


काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई चुक्तापूँजीको आधारमा ५.२६३ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
Artha Sanjal

अर्थ सन्जाल