मञ्जुश्री फाइनान्सले गर्‍यो लाभांश घोषणा

काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई चुक्तापूँजीको आधारमा ५.२६३ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *