आज सुनचाँदीको मूल्य सामान्य बृद्धि

आज साताको अन्तिम कारोबार दिन शुक्रबार  सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँ कायम भएको छ।

बिहीबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो।  हिजाे बिहीबार  छापावाला सुन प्रतितोला  ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *