साताको पहिलो दिन कारोबार खुलेको दुइ घन्टाको अवधिमा सेयर बजारमा दोहोरो अंकले घटेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार नेप्से २२.०५ अंकले घटेर १८४४.७४ बिन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.५९ अंकले घटेर ३४९.४४ बिन्दुमा पुगेको छ ।
कारोबार २ दुई घन्टाको अवधिमा २५३ कम्पनीको १३ लाख ५ हजार ५५२ कित्ता सेयर खरिदबिक्री हुँदा ३९ करोड ७४ लाख ९८ हजार रुपैयाँमा कारोबार भएको छ।




