सेयर बजारमा आज पनि गिरावट, ८२ करोडमा खुम्चियो कारोबार

सेयर बजार बुधबार पनि ११.९७ अंकाे गिरावट आएको छ।   नेप्से परिसूचक १९३९.८८ को विन्दुमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७० अंकले घटेर ३७७.३८ को विन्दुमा ओर्लेको छ । कारोबार रकम पनि ८२ करोड रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ। आज ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको सेयर मूल्य घटेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *